News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसालले आजदेखि सुरु हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन्।
- भुसालले अधिवेशनलाई आन्तरिक लोकतन्त्र बलियो बनाउने अवसरका रूपमा लिएर मतभिन्नता र असमझदारीमा विचलित नहुन आग्रह गरेकी छन्।
- कांग्रेसको वडा अधिवेशन असोज ३ र ४ गते, गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते र केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ।
३ असोज, अर्घाखाँची । नेपाली कांग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजदेखि सुरु हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन् ।
आजदेखि शुरु हुन लागेको कांग्रेसको वडा अधिवेशनको शिलशिलामा गृह जिल्ला अर्घाखाँचीको सन्धिखर्कमा आएकी भुसालले भुसालले सबै नेता तथा कार्यकर्तालाई विचलित नभई पार्टीको अधिवेशन प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेकी हुन् ।
भुसालले कांग्रेसको बृहत्तर हितका लागि सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन् ।
उनले अधिवेशनलाई आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने अवसरका रूपमा लिएर वडा तहदेखि नै सक्रिय सहभागीता जनाउन आग्रह गरेकी हुन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन शनिबार र आइतबार अर्थात् असोज ३ र ४ गते स्थानीय अनुकूलता अनुसार सञ्चालन हुँदैछ । वडा अधिवेशनले वडा सभापति, उपसभापति, सचिव, सहसचिव तथा क्षेत्रीय प्रतिनिधिसहितको नेतृत्व चयन गर्नेछ ।
उपसभापति भुसालले पार्टी सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालाई समेत महाधिवेशन उद्घाटनका लागि निमन्त्रणा गरेको सन्दर्भ उल्लेख गर्दै महाधिवेशनको प्रक्रियामा देखिएका मतभिन्नता र असमझदारीलाई लिएर नेता तथा कार्यकर्ता विचलित हुन नहुने बताउँदै पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन सबै तहका नेता–कार्यकर्ताको भूमिका महत्वपूर्ण रहेको धारणा राखेकी छन् ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार वडा अधिवेशनपछि असोज ७ गते गाउँ–नगरपालिका अधिवेशन हुनेछ ।
त्यसपछि असोज १० गते प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको कार्यक्रम रहेको छ । १५औँ केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।
प्रतिक्रिया 4