+
+
Shares

पुष्पा भुसालको संयोजकत्वमा कांग्रेसले गठन गर्‍यो संविधान संशोधन अध्ययन तथा सुझाव समिति

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १७:५७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले संविधान संशोधन सम्बन्धमा अध्ययन तथा सुझावका लागि पुष्पा भुसालको संयोजकत्वमा विज्ञ समिति गठन गर्ने निर्णय गरेको छ।
  • समितिले सबै प्रदेश, क्षेत्र र तह, समुदायसँग संवाद गरी पार्टीको तर्फबाट धारणा बनाउने छ।
  • पार्टीले साझा राष्ट्रिय धारणा निर्माणका लागि अन्य पक्ष, नागरिक समाज, विशेषज्ञ र राजनीतिक दलहरूसँग राष्ट्रिय संवादको पहलकदमी लिने निर्णय गरेको छ।

११ चैत, काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधन सम्बन्धमा अध्ययन तथा सुझावका लागि विज्ञ समिति गठन गर्ने भएको छ ।

बुधबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन सम्बन्धमा अध्ययन तथा सुझावका लागि विज्ञ समिति गठन गर्ने निर्णय गरेको हो ।

‘संविधान संशोधनको विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिनका लागि पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा विज्ञ सम्मिलित संविधान संशोधन अध्ययन तथा सुझाव समिति बनाउने निर्णय यो बैठक गर्दछ,’ बैठकको तेस्रो निर्णयमा भनिएको छ ।

समितिले सबै प्रदेश, क्षेत्र र तह, समुदायसँग संवाद गरी पार्टीको तर्फबाट धारणा बनाउने छ । र, त्यसअनुरूप पार्टीले साझा राष्ट्रिय धारणा निर्माणका लागि अन्य पक्ष, नागरिक समाज, विशेषज्ञहरू, राजनीतिक दलहरूसँग राष्ट्रिय संवादको पहलकदमी लिने निर्णयमा उल्लेख छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?