+
+
Shares

कांग्रेसको १५ औं महाधिवेशन असोज १६–१९ मा

पार्टीको आजको केन्द्रीय समिति बैठकले २ भदौबाट वडा अधिवेशन सुरू गर्ने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले १५ औं महाधिवेशन कार्यतालिका संशोधन गरी २ भदौबाट वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।
  • गाउँ–नगर अधिवेशन ७ भदौ, प्रदेश सभा क्षेत्रीय अधिवेशन १७ भदौ, र क्षेत्रीय अधिवेशन २४ भदौमा हुने भएका छन्।
  • महाधिवेशन १६ देखि १९ असोजसम्म काठमाडौंमा आयोजना हुने भएको छ।

११ चैत, काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशन कार्यतालिका संशोधन गरेको छ । पार्टीको आजको केन्द्रीय समिति बैठकले २ भदौबाट वडा अधिवेशन सुरू गर्ने निर्णय गरेको छ ।

यसअघि मंगलबारको बैठकमा ६ साउनमा वडा अधिवेशन सुरु गर्ने कार्यतालिका प्रस्तुत गरिएको । उक्त कार्यतालिकालाई संशोधन गरेर नयाँ कार्यतालिका ल्याइएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

ती केन्द्रीय सदस्यका अनुसार गाउँ–नगर अधिवेशन ७ भदौका लागि धकेलिएको छ । यसअघि १२ साउनमा गाउँ–नगर अधिवेशन गरिने कार्यतालिका थियो ।
यस्तै २३ साउनका लागि प्रस्ताव भएको प्रदेश सभा क्षेत्रीय अधिवेशन संशोधन गरेर १७ भदौमा आयोजना हुने भएको छ ।

३० साउन ३० मा गर्ने भनिएको क्षेत्रीय अधिवेशन तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २४ भदौमा गर्ने निर्णय कांग्रेसले गरेको छ । त्यसैगरी ६ र ७ भदौका लागि प्रस्ताव गरिएको एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २ र ३ असोजमा हुने भएको छ ।

प्रदेशहरूको अधिवेशनलाई ७ र ८ असोजमा हुने भएको छ । यसअघि प्रदेश अधिवेशन १५ र १६ भदौमा गर्ने प्रस्ताव बैठकमा गरिएको थियो ।

आगामी १६, १७, १८ र १९ असोजमा १५ औं महाधिवेशनका लागि मिति तय गरिएको छ । महाधिवेशन काठमाडौंमा आयोजना हुने भएको छ । यसअघि २४–२६ भदौमा १५ औं महाधिवेशन प्रस्ताव भएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?