+
+
Shares

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते ६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ११ बजे सानेपामा बस्ने छ र बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन्।
  • हिजोको बैठकमा पार्टी सभापति गगनकुमार थापाले मन्तव्य राख्दै बैठक प्रारम्भ गरेका थिए र महामन्त्री प्रदीप पौडेलले ११ बुँदामा एजेण्डा प्रस्तुत गरेका थिए।
  • हिजो २८ जना केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले हिजो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले आज आफ्ना धारणा राख्ने जानकारी दिए ।

हिजोको बैठकमा पार्टी सभापति गगनकुमार थापाले आफ्नो मन्तव्य राख्दै बैठक प्रारम्भ गरेपछि महामन्त्री प्रदीप पौडेलले ११ बुँदामा बैठकका एजेण्डा प्रस्तुत गरेका थिए ।

ती एजेण्डाहरुमा हिजो २८ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । हिजो डा. गोपाल दहित, तारामान गुरुङ, मैकुलाल वाल्मिकी, अजयबाबु शिवाकोटी, भरतकुमार शाह, सुधीर शिवाकोटी, शम्भुलाल श्रेष्ठ, नरेन्द्रकुमार केरुङ, रेशमबहादुर बानियाँ, जीतनारायण श्रेष्ठ, रमेश धमलाले धारणा राखेका थिए ।

यसैगरी दिपनकुमार श्रेष्ठ, बसन्त भट्टराई, जनकराज गिरी, शम्भुबहादुर बुढाथोकी, तीर्थजंग शाही, टेकराज पौडेल, केशवराज शर्मा आचार्य, रामबहादुर कार्की, नारायणप्रसाद भट्टराई, शिवबहादुर सुनारले पनि धारणा राखिसकेका छन् ।

यसैगरी सूर्यबहादुर वि.क., दिनेश सुनार, छन्दबहादुर पहराई, जगदीशचन्द्र उपाध्याय, रामपल्टन साह, प्रदेश सभापतिहरु— कृष्णप्रसाद यादव (मधेश) र ईन्द्रबहादुर बानियाँ (बागमती) ले पनि आ–आफ्नो धारणा हिजो नै राखिसकेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?