News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीलाई निर्वाचनभन्दा फराकिलो दायरामा हेर्नुपर्ने बताउनुभयो।
- थापाले पार्टी स्थापना निर्वाचनका लागि मात्र नभएको र पार्टी आएपछि मात्रै निर्वाचन आएको उल्लेख गर्नुभयो।
- उनले पार्टीभित्र व्यापक सुधार आवश्यक रहेको पनि बताउनुभयो।
१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टीलाई निर्वाचनभन्दा फराकिलो दायरामा राखेर हेर्नुपर्ने टिप्पणी गरेका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो पार्टी आउनुभन्दा अघि निर्वाचन नआएको र निर्वाचनमा लड्नकै लागि भनेर मात्रै पनि पार्टी स्थापना नभएको जिकिर गरे ।
‘के निर्वाचन नै सबै कुरा हो ? के निर्वाचनको केही सन्दर्भ २०७४ को प्रतिकूल अवस्था पनि हामीले ब्यहोरेकै हो,’ थापाले भने, ‘नेपाली कांग्रेस पार्टी स्थापना भएको बेलामा त कुनै बेला निर्वाचन हुन्छ, निर्वाचनमा जित्छौं भनेर पार्टी स्थापना भएको पनि होइन, हाम्रा पार्टीका नेताहरूले पार्टी बनाउने बेलामा त । यो पार्टी निर्वाचनभन्दा फराकिलो छ ।’
उनले पार्टी आएको र पार्टी आएपछि मात्रै निर्वाचन आएको टिप्पणी गरे । कांग्रेसले त्यो विषयलाई फराकिलो दायरामा राखेर हेर्नुपर्ने पनि बताए ।
‘यो पार्टी आयो र पार्टी आएपछि निर्वाचन आएको हो नि त । निर्वाचन लड्नका लागि पार्टी आएको होइन नि त । हामी आयौं र हामीले निर्वाचन हुने पद्धति स्थापना गरेका हौं,’ सभापति थापाले भने, ‘नेपाली कांग्रेसले त्यो फराकिलो दायरामा राखेर आफूलाई हेर्नुपर्नेछ । तर, हामी यसरी आएका हौं र जे छ त्यो ठिक छ भनेर हुँदैन । पार्टीभित्र व्यापक सुधार आवश्यक छ ।’
प्रतिक्रिया 4