News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार थापाको निर्वाचन हारको नैतिक जिम्मेवारीमा दिएको राजीनामा अस्वीकार गरेको छ।
- बैठकले राजीनामा अस्वीकार गर्दा संरचनागत समस्या र राष्ट्रिय परिस्थितिलाई प्रमुख कारण मान्दै थापाको नेतृत्व आवश्यक भएको उल्लेख गरेको छ।
- पार्टीले राजीनामा स्वीकार गर्दा अस्थिरता र मनोबल गिरावट आउने सम्भावना, सुधार कार्यक्रम निरन्तरता र आगामी महाधिवेशनमा केन्द्रित हुनुपर्ने कारण देखाएको छ।
८ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी दिँदै पदबाट दिएको राजीनामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकार गरेको छ ।
शुक्रबार र आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले गगनको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पारित गरेको हो । उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकार गर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए ।
उक्त प्रस्ताव अस्वीकार भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
प्रस्ताव अस्वीकार गर्नका लागि पार्टीले ८ वटा आधार लिएको पनि प्रवक्ता चालिसेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
बैठकले निम्न आधारहरूलाई ध्यानमा राख्दै राजीनामा अस्वीकार गर्ने निर्णय गरेको छ:
–निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको
–वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको
–राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले
–राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले
–सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्दान्तमा आधारित रहेकोले
–विशेष महाअधिवेशन पश्च्यात प्रारम्भ गरिएको सुधार कार्यक्रम (कांग्रेस २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेकोले
–पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकोले
–केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएकोले
प्रतिक्रिया 4