+
+
Shares

गगनको प्रष्टीकरण– हतार र हतासमा राजीनामा दिएको थिइनँ, दबाब पनि थिएन

‘मैले कुनै हतारोमा आएर राजीनामा दिएको पनि होइन । हतास भएर राजीनामा दिएको पनि होइन । विशेष महाधिवेशन नगरी निर्वाचनमा गएका थियौं भने त्यो निर्वाचनमा हामीले कसरी सामना गर्नुपर्थ्यो भन्ने कुरा निर्वाचित भएका र हामी निर्वाचित नभएकाले पनि बुझेका छौं,’ थापाले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १३:५२
तस्वीर : चन्द्रबादुर आले/अनलाइनखबर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विधान अनुसार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा पेश गरेको प्रष्ट पारे।
  • थापाले राजीनामा कुनै हतारो वा हतासमा नदिएको र जवाफदेहीतालाई ध्यानमा राखेर दिएको बताए।
  • उहाँले विशेष महाधिवेशन नगरी निर्वाचनमा गएर कसरी सामना गर्ने बुझेर निर्णयमा पुगेको खुलाउनुभयो।

१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूले कुनै हतार र हतासमा आएर राजीनामा नदिएको प्रष्टीकरण दिएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको विधान अनुसार आफूले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा पेश गरेको जिकिर गरे ।

‘फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको परिणामको जिम्मेवारी लिएर उपसभापति विश्वप्रकाश शर्मासमक्ष आफ्नो राजीनामा प्रस्तुत गरेको थिएँ,’ थापाले भने, ‘नेपाली कांग्रेस पार्टीको विधानको व्यवस्था यही हो । सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिसमक्ष दिने र उपसभापतिले केन्द्रीय समितिमा प्रस्तुत गर्ने । यसमाथि छलफल पनि भइसकेको छ ।’

उनले यो कुनै दबाब र ग्लानीको विषय नभएको भन्दै जवाफदेहीतालाई ध्यानमा राख्दै राजीनामा दिएको बताए ।

‘मैले कुनै हतारोमा आएर राजीनामा दिएको पनि होइन । हतास भएर राजीनामा दिएको पनि होइन । विशेष महाधिवेशन नगरी निर्वाचनमा गएका थियौं भने त्यो निर्वाचनमा हामीले कसरी सामना गर्नुपर्थ्यो भन्ने कुरा निर्वाचित भएका र हामी निर्वाचित नभएकाले पनि बुझेका छौं,’ थापाले भने ।

साथै, उनले विशेष महाधिवेशन गरेर कमजोरी गर्‍यौं कि भन्ने कुरामा अलमलिएर आफू राजीनामाको निर्णयमा नपुगेको जिकिर गरे ।

‘विशेष महाधिवेशन गरेर कहिंकतै कमजोरी गर्‍यौं कि भन्ने कुराको बारेमा एक निमेष पनि अलमलिएर यो निर्णयमा पुगेको थिइनँ,’ उनले भने, ‘कुनै दबाबबाट पनि यो निर्णयमा पुगेको थिइनँ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?