+
+
Shares

बिनापूर्वाग्रह जेनजी आन्दोलन प्रतिवेदन कार्यान्वयन होस् : गगन थापा

‘विनापूर्वाग्रह यी कुराहरू अघि बढोस् भन्ने कुरामा नेपाली कांग्रेस पार्टी स्पष्ट अडान पनि राख्छ,’ थापाले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन्।
  • थापाले प्रतिवेदन सार्वजनिक भएलगत्तै कार्यन्वयन पनि हुनुपर्ने बताए र 'जसले गल्ती गरेको छ उसले सजाय पाउने अवस्था बनोस्' भने।
  • उनले बिना पूर्वाग्रह प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा आफ्नो पार्टी स्पष्ट अडान राखेको जानकारी दिएका छन्।

१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले सार्वजनिक भएलगत्तै उक्त प्रतिवेदन कार्यन्वयन पनि हुनुपर्ने बताए ।

‘त्यो प्रतिवेदन तत्काल सार्वजनिक पनि होस् । त्यो प्रतिवेदन अनुसार कार्यान्वयन पनि होस्,’ थापाले भनेका छन्, ‘जसले गल्ती गरेको छ उसले सजाय पाउने अवस्था बनोस् ।’

साथै, उनले बिना पूर्वाग्रह प्रतिवेदन कार्यान्वयन गर्ने कुरा अघि बढोस् भन्ने विषयमा आफ्नो पार्टी स्पष्ट अडान राखेको जानकारी दिए ।

‘बिना पूर्वाग्रह यी कुराहरू अघि बढोस् भन्ने कुरामा नेपाली कांग्रेस पार्टी स्पष्ट अडान पनि राख्छ,’ थापाले भनेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?