+
+
Shares

भदौ अन्तिम साता १५औं महाधिवेशन गर्ने कांग्रेसको तयारी

नेपाली कांग्रेसले आगामी भदौ अन्तिम साता १५औं महाधिवेशन गर्ने तयारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले आगामी २४, २५, २६ भदौमा काठमाडौंमा १५औं महाधिवेशन गर्ने तयारी गरेको छ।
  • कांग्रेसले २१ चैतदेखि चैत मसान्तसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्ने विशेष अभियान चलाउने तयारी गरेको छ।
  • वैशाखदेखि जेठ मसान्तसम्म सदस्यता वितरण र विवरण केन्द्रमा पठाउने कार्यतालिका बनाइएको छ।

१० चैत, काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ अन्तिम साता १५औं महाधिवेशन गर्ने तयारी गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आगामी २४, २५, २६ भदौमा काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव लैजाने कार्यतालिका छ  । जसका लागि क्रियाशील सदस्यता वितरण र २१ चैतदेखि चैत मसान्तसम्म अद्यावधिक विशेष अभियान चलाउने तयारी छ ।

१ वैशाखदेखि वैशाख मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने, प्रत्येक व्यक्तिले आफू सदस्यता भएकै वडाबाट सदस्यता अद्यावधिक गर्नुपर्नेछ ।

जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाइसक्नुपर्ने छ भने १५ असारसम्म केन्द्रले  सदस्यतामा आवश्यक छानबिन गरी टुंग्याउने तयारी कांग्रेसको छ ।

२७ देखि ३० पुससम्म काठमाडौंमा कांग्रेसको दोस्रो विशेष महाधिवेशन भएको थियो । सो महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो ।

लगत्तै १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विशेष महाधिवेशन विधानविपरीत आयोजना गरिएको भन्दै आयोग पुगेको थियो ।

आयोगले दुवै तर्फबाट प्राप्त कागजात, पार्टीको विधान तथा ऐन–कानुनको अध्ययनपछि थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?