+
+
Shares

१५औं महाधिवेशन मितिबारे छलफल गर्न कांग्रेसले डाक्यो बैठक

बैठकमा पार्टीको १५औं महाधिवेशनको मिति तय गर्नेबारे छलफल हुने एक पदाधिकारीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १५:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि दिउँसो १ बजे सानेपामा बस्ने पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
  • बैठकमा पार्टीको १५औं महाधिवेशनको मिति तय गर्नेबारे छलफल हुने एक पदाधिकारीले बताए।
  • शुक्रबार र आइतबार बसेको बैठकले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको पराजय समीक्षा गरी सभापति गगन कुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको थियो।

९ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दैछ । बैठक भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा पार्टीको १५औं महाधिवेशनको मिति तय गर्नेबारे छलफल हुने एक पदाधिकारीले जानकारी दिए ।

उनले भने, ‘भोलिको बैठकले पार्टीको १५औं महाधिवेशन मिति तोक्न सक्नेछ ।’

यसअघि शुक्रबार र आइतबार दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो । बैठकले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको पराजयबारे समीक्षा गरेको थियो । त्यस्तै पार्टी उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनमाथि छलफल गरी उक्त प्रतिवेदनलाई दस्तावेजको रुपमा स्वीकार गर्ने निर्णय गरेको थियो ।

शुक्रबार र आइतबार बसेको ‍बैठक उपसभापति शर्माको नेतृत्वमा बसेको थियो ।

बैठकले सभापति गगन कुमार थापाले पेश गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको थियो ।

यसअघिको बैठकमा सहभागी नभएका सभापति थापा भोलिको बैठकमा भने सहभागी हुने नेताहरूले बताएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?