+
+
Shares

सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्न कांग्रेसको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले २०४८ सालदेखि सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेको छ।
  • कांग्रेसले आयोगले कानुनसम्मत अनुसन्धान गरी अवैध रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्न आग्रह गरेको छ।
  • बैठकले नक्कली भुटानी शरणार्थी प्रकरण, वाइडबडी प्रकरण र नवयुवा विद्रोहका क्रममा आगजनीमा क्षति भएका विषयको निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ।

११ चैत, काठमाडौं । नेपाली कांग्रेसले राज्यका सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिनका लागि अविलम्ब उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनपछि बसेको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले २०४८ सालदेखि राज्यका सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठनको माग गरेको हो ।

कांग्रेसले आयोगले कानुनसम्मत अनुसन्धान गरी अवैध रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्न पनि आग्रह गरेको छ ।

‘२०४८ सालदेखि राज्यका सार्वजनिक पदमा उच्चतहमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न अविलम्ब उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न तथा कानुनसम्मत अनुसन्धान गरी अवैध रूपमा आर्जित सम्पत्ति राष्ट्रीयकरण गर्न यो बैठक आग्रह गर्दछ,’ बैठकको पहिलो निर्णयमा भनिएको छ ।

बैठकले नक्कली भुटानी शरर्णार्थी प्रकरण, वाइडबडी प्रकरण, ललिता निवासदेखि २३ र २४ भदौको नवयुवा विद्रोहका क्रममा व्यक्तिका घरमा आगजनीमा रकम जलेको विषयलगायतका घटनाको पूर्वाग्रहरहित ढंगबाट अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन पनि माग गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णय सुनाउने क्रममा महामन्त्री प्रदीप पौडेलले भने, ‘उदाहरणका लागि नक्कली भुटानी शरर्णार्थी प्रकरण, वाइडबडी प्रकरण, ललिता निवासदेखि २३ र २४ भदौको नवयुवा विद्रोहका क्रममा व्यक्तिका घरमा आगजनीमा रकम जलेको विषय लगायतका जति पनि विषय उठेका छन् । तिनको पूर्वाग्रहरहित ढंगबाट निष्पक्ष र कानुनसम्मत अनुसन्धान गरी वास्तविकता बाहिर ल्याउन माग गर्दछौं ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?