News Summary
Generated by OK AI. Editorially reviewed.- डोनाल्ड ट्रम्पले आफ्ना छोरा डोनाल्ड ट्रम्प जुनियरले रुसी व्यवसायी उमर क्रेमलेभलाई विवाह खर्चबापतको पैसा फिर्ता गर्ने बताए।
- ट्रम्प जुनियरको बहामास विवाहमा क्रेमलेभले लाखौं डलर खर्च गरेपछि अमेरिकी डेमोक्र्याटहरूले छानबिन माग गरेका छन्।
- ट्रम्पले क्रेमलेभलाई नचिनेको र विवाह विवादलाई ठूलो कुरा नभएको बताएका छन्।
३ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना छोरा डोनाल्ड ट्रम्प जुनियरले रुसी ओलिगारकको पैसा फिर्ता गर्ने बताएका छन् ।
ट्रम्प जुनियरले बहामासमा भएको आफ्नो विवाहको खर्च बेहोर्ने रुसी व्यवसायीलाई पैसा फिर्ता दिने जानकारी दिएका हुन् ।
अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष तथा धनी रुसी व्यवसायी उमर क्रेमलेभले ट्रम्प जुनियरको विवाहको भोजका लागि लाखौं डलर खर्च गरेका थिए । यो खबर सार्वजनिक भएपछि अमेरिकी कंग्रेसका डेमोर्क्याटहरूले छानबिन सुरु गर्न माग गरेका छन् ।
प्रोपब्लिकाले क्रेमलेभको रुसी सरकारसँग निकट सम्बन्ध रहेको बताएको छ ।
शुक्रबार ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै आफ्ना छोरासँग यसबारे सोधेको बताएका छन् । ट्रम्पका अनुसार उनका छोराले भनेका थिए, ‘म त्यो पैसा फिर्ता गर्दैछु, बुबा ।’
घटनाबारे जानकार एक व्यक्तिले पनि डोनाल्ड जुनियरले क्रेमलेभलाई पैसा फिर्ता गर्ने पुष्टि गरेका छन् ।
क्रेमलेभ र अन्तर्राष्ट्रिय बक्सिङ संघले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
राष्ट्रपति ट्रम्प आफ्ना छोराको विवाहमा सहभागी भएका थिएनन् । ट्रम्पले आफूले क्रेमलेभलाई नचिनेको र बिवाहको विवाद कुनै ठूलो कुरा नभएको बताएका छन् ।
प्रतिक्रिया 4