+
+
Shares

वर्षमानको दाबी– एमालेसँग तत्कालै एकता र पद बाँडफाँटका हल्लामा सत्यता छैन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले एमालेसँग तत्काल पार्टी एकता र पद बाँडफाँटका हल्लामा सत्यता नरहेको बताएका छन्।
  • काभ्रेको बनेपामा नेकपा खानीखोला सम्पर्क समितिको भेलामा उनले एमालेभित्रको आन्तरिक बहस नटुङ्गिँदासम्म एकताको अवस्था नबन्ने बताए।
  • पुनले संविधान र लोकतन्त्रको रक्षा तथा वैदेशिक हस्तक्षेप प्रतिवादका लागि वाम शक्तिसँग र आवश्यक पर्दा कांग्रेससँग पनि सहकार्य जारी रहने बताए।

३ असोज, काभ्रेपलाञ्चोक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले एमालेसँग तत्काल एकताबारेको हल्लामा सत्यता नरहेको बताएका छन् ।

शनिबार काभ्रेको बनेपामा नेकपा खानीखोला सम्पर्क समितिले आयोजना गरेको भेलामा नेता पुनले एमालेभित्रको आन्तरिक बहस नटुङ्गिँदासम्म तत्कालै पार्टी एकताको अवस्था र पद बाँडफाँटका हल्लाहरूमा सत्यता नरहेको बताएका हुन् ।

‘एमालेसँग प्रदेश सरकारमा सहकार्य भएको छ । भविष्यमा पार्टी एकता गर्ने बिषयमा नेतृत्व तहमा कुराकानी भए पनि एकता र पद बाँडफाँटमा केहि कुरा भएको छैन,’ नेता पुनले भने ।

तर संविधान तथा लोकतन्त्रको रक्षा र वैदेशिक हस्तक्षेप प्रतिवादका लागि वाम शक्तिहरू तथा आवश्यक पर्दा कांग्रेससँग पनि सहकार्य जारी रहने बताए ।

नेता पुनले संविधान निर्माणमा कुनै त्याग, बलिदान र भूमिका नरहेका शक्तिहरू सरकारमा रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?