+
+
Shares

सिमरामा चक्कु प्रहारबाट एक जनाको हत्या

खाजा खान आएका समूहबीच विवाद भएपछि होटेलको भान्सामा रहेको चक्कु खड्कामाथि प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सुनिल गाउँले सुनिल गाउँले
२०८३ असोज ३ गते १८:४३

३ असोज, बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित मेनरोडको एक होटेलमा चक्कु प्रहार गरेर एक जनाको हत्या भएको छ ।

शनिबार साँझ ५ बजेतिर सम्झना स्टाफ होटेलमा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्काको चक्कु प्रहार गरेर हत्या भएको हो ।

चक्कुको प्रहारबाट घाँटीमा गम्भीर चोट लागेका खड्कालाई उपचारका लागि वीरगञ्ज पुर्‍याइएपनि अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक(डीएसपी) दयाकृष्ण भट्टले घटनाको अनुसन्धान भइरहेको जनाएका छन् । उनले घटनामा संलग्नहरू फरार रहेकोे जानकारी दिए ।

खाजा खान आएका समूहबीच विवाद भएपछि होटेलको भान्सामा रहेको चक्कु खड्कामाथि प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

लेखक
सुनिल गाउँले

दुई दशकदेखि पत्रकारिता गरिरहेका गाउँले अनलाइनखबरका बारास्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?