+
+
Shares

तीन दिने भारत भ्रमण सकेर फर्किए अर्थमन्त्री वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते २०:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने औपचारिक भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन् ।
  • उनले भारतमा समकक्षी निर्मला सीतारमण र विदेशमन्त्री डा. एस जयशंकरसँग कूटनीतिक भेटवार्ता गरेका थिए ।
  • वाग्लेले विभिन्न व्यवसायिक फोरममा सहभागिता जनाएका थिए ।

३ असोज, काठमाडौं । भारतको औपचारिक भ्रमण सकेर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् ।

उनी शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन् । तीन दिने भ्रमणका लागि अर्थमन्त्री वाग्ले बिहीबार भारत गएका थिए ।

भारत भ्रमणका क्रममा उनले समकक्षी निर्मला सीतारमण, विदेशमन्त्री डा. एस जयशंकरसँग कूटनीतिक भेटवार्ता गरेका थिए ।

साथै, उनले विभिन्न व्यवसायिक फोरममा पनि सहभागीता जनाएका थिए ।

अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उप नियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?