+
+
Shares

गोरखाको थालाजुङमा जिप दुर्घटना, ८ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते ११:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको सिरानचोक गाउँपालिका-२ थालाजुङमा भच्चेकबाट चित्रेपोखरी जाँदै गरेको जिप ब्रेक फेल भई आइतबार बिहान दुर्घटनामा परेको छ ।
  • सडकको नालामा खसेर भित्तामा ठोक्किँदा चालकसहित ९ जनामध्ये ८ जना घाइते भएका छन् ।
  • घाइतेहरूलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल आँपपिपल गोरखा पठाइएको प्रहरीले जनाएको छ ।

४ असोज, काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका-२ थालाजुङस्थित भित्री सडकखण्डमा जिप दुर्घटनामा परेको छ ।

भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको जिप ब्रेक फेल भई आइतबार बिहान साढे १० बजे दुर्घटनामा परेको हो ।

सडकको नालामा खसेर भित्तामा ठोक्किँदा चालकसहित ९ जना सवारमध्ये ८ जना घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते हुनेमा सिरानचोक गाउँपालिका-२ काँउलेकी ८१ वर्षीया लालमाया गुरुङ, सिरानचोक गाउँपालिका-७ का ६८ वर्षीय कमलबहादुर घिमिरे, सोही ठाउँ बस्ने ४८ वर्षीया सीता पाण्डे, ४८ वर्षीय लोकबहादुर खड्का, ७३ वर्षीय कुलबहादुर सार्की, सिरानचोक गाउँपालिका-६ सिम्लेकी ६८ वर्षीया सीता गुरुङ, सिरानचोक गाउँपालिका-७ डाँडागाउँकी २७ वर्षीया रोजिना नेपाली र उनको २१ महिनाकी छोरी रेविका नेपाली छन् ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल आँपपिपल गोरखा पठाइएको छ ।

प्रहरीका अनुसार चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?