+
+
Shares

इरानका सभामुख भन्छन्– वार्ताका लागि मध्यस्थमार्फत अमेरिकालाई सर्त पठाइसक्यौं

उनले भने, ‘हामीले लड्न पनिुपर्छ र वार्ता पनि गर्नुपर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १४:४२

इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले इरानले मध्यस्थमार्फत अमेरिकासमक्ष आफ्ना सन्देश र वार्तासँग सम्बन्धित सर्तहरू पठाइसकेको बताएका छन् ।

संसद्लाई सम्बोधन गर्दै गालिबाफले युद्धको निर्णायक अन्त्यका लागि प्रयास भइरहेको बताएका हुन् ।

‘केही मानिस युद्धको कुरा गर्छन्, तर त्यसको निर्णायक अन्त्यका लागि स्पष्ट दिशा प्रस्तुत गर्दैनन्,’ गालिबाफले भने ।

उनले यस्तो सोचले वार्ता र कूटनीतिका सबै सम्भावनालाई अस्वीकार गर्दै देशलाई बिस्तारै कमजोर बनाउने लामो र अन्तहीन युद्धतर्फ लैजान सक्ने बताए ।

उनले भने, ‘हामीले लड्न पनिुपर्छ र वार्ता पनि गर्नुपर्छ ।’

उनले इरानले यसअघि राखेका सर्तहरू पूरा नभएसम्म वार्ता पुन: सुरु गर्ने र होर्मुज स्ट्रेट खोल्ने प्रश्नै नउठ्ने स्पष्ट पारे ।

यसअघि एक दिन अगाडि इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाईले पनि यस्तै धारणा सार्वजनिक गरेका थिए ।

उनले कतार र पाकिस्तानका मध्यस्थमार्फत अमेरिकासमक्ष वार्ताका लागि इरानका सर्तहरू पठाइएको बताएका थिए ।

रेजाईका अनुसार अब इरान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जवाफको प्रतीक्षामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?