+
+
Shares

दुई मन्त्रीबीचको भेटमा नेपालको झन्डा नभएको विषयमा रास्वपाको प्रष्टीकरण

सत्तारुढ दल रास्वपाका प्रवक्ता जगदीश खरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय वित्तमन्त्री निर्मला सीतारमणबीचको भेटमा नेपाली झन्डा नदेखिएको विषयमा प्रष्टीकरण दिएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका प्रवक्ता जगदीश खरेलले स्वर्णिम वाग्ले र निर्मला सीतारमणबीचको भेट वित्तमन्त्री सीतारमणको कार्यकक्षमा भएकाले नेपाली झन्डा नदेखिएको बताए।
  • उनले उक्त भेट दुई देशको औपचारिक दुईपक्षीय भेट नभएको प्रष्ट पारे।
  • खरेलले दुईपक्षीय भेटमा नेपालको झन्डा पनि सँगै राखिने बताए।

४ असोज, काठमाडौं । सत्तारुढ दल रास्वपाका प्रवक्ता जगदीश खरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय वित्तमन्त्री निर्मला सीतारमणबीचको भेटमा नेपाली झन्डा नदेखिएको विषयमा प्रष्टीकरण दिएका छन्।

आइतबार पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नपछि उनले यसबारे प्रष्टीकरण दिएका हुन्। उनले उक्त भेट वित्तमन्त्री सीतारमणको कार्यकक्षमा भएकाले नेपालको झन्डा नरहेको दाबी गरे। उनले उक्त भेट स्थल दुई देशको औपचारिक भेट स्थल नभएको पनि प्रष्ट पारे।

‘हाम्रो सभापतिको कार्यकक्षमा पनि राष्ट्रिय झन्डा छ र अर्थमन्त्रीजीको कार्यकक्षमा पनि राष्ट्रिय झन्डा छ, त्यहाँ भारतीय झन्डा त हुने कुरा भएन। त्यहाँ पनि जुन फोटो आइरहेको छ, त्यो उहाँ (निर्मला सीतारमण)को कार्यकक्षमा भएको भेट हो,’ उनले भने, ‘दुईपक्षीय भेटमा नेपालको झन्डा पनि सँगै राखिएको छ । अहिले आइरहेको तस्वीर चाहिँ दुई पक्ष भेटको थिएन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?