News Summary
Generated by OK AI. Editorially reviewed.- कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ को वडा अधिवेशनबाट १८ वर्षीय सुनिता सुवेदी क्षेत्रीय प्रतिनिधिमा चुनिएकी छन् ।
- नेपाली कांग्रेसको वडा अधिवेशन हिजोबाट सुरु भई शनिबार ४३ जिल्लामा र बाँकी जिल्लामा आज जारी छ ।
- कांग्रेसको १५ औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ ।
४ असोज, काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशनबाट १८ वर्षीय युवती क्षेत्रीय प्रतिनिधिमा चुनिएकी छन् । कालिकोटस्थित सान्नी त्रिवेणी गाउँपालिका–१ को वडा अधिवेशनबाट नर्स पेशामा रहेकी सुनिता सुवेदी क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन् ।
कांग्रेसको शंसोधित विधानले नयाँ पुस्तालाई प्राथमिकता दिने गरी विधि बनाएको छ । स्वास्थ्य क्षेत्रमा समेत सक्रिय सुवेदी कांग्रेसको स्थानीय राजनीतिमा सक्रिय थिइन् ।
कांग्रेसको वडा अधिवेशन हिजोबाट सुरु भएको छ । शनिबार ४३ जिल्लामा र बाँकी जिल्लामा आज वडा अधिवेशन जारी छ । १५ औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4