+
+
Shares

८१औँ राष्ट्रसंघीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान  

महासभाको उच्चस्तरीय सत्रका अतिरिक्त मन्त्री खनालले न्युयोर्कमा आयोजना हुने विभिन्न मन्त्रीस्तरीय बैठक तथा साइड इभेन्टहरूमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार साँझ न्युयोर्क प्रस्थान गरेका छन्।
  • मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रसहित न्युयोर्कका विभिन्न मन्त्रीस्तरीय बैठक र साइड इभेन्टहरूमा नेपालको प्रतिनिधित्व गर्नेछन्।
  • उनले भ्रमणका क्रममा मित्रराष्ट्रका प्रतिनिधि र उच्चस्तरीय अधिकारीहरूसँग साइडलाइन भेटवार्ता गर्ने तय भएको छ।

४ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्। उनी आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै त्यसतर्फ उडेका हुन्।

महासभाको उच्चस्तरीय सत्रका अतिरिक्त मन्त्री खनालले न्युयोर्कमा आयोजना हुने विभिन्न मन्त्रीस्तरीय बैठक तथा साइड इभेन्टहरूमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

भ्रमणका क्रममा उनले विभिन्न मित्रराष्ट्रका प्रतिनिधि तथा उच्चस्तरीय अधिकारीहरूसँग साइडलाइन भेटवार्ता गर्ने तय भएको छ। ती अन्तर्राष्ट्रिय मञ्चहरूमा मन्त्री खनालले नेपालको राष्ट्रिय हित र सरोकारका विषयमा औपचारिक धारणा राख्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?