+
+
Shares

चिनियाँ राष्ट्रपति सी असोज ७ गते अमेरिका भ्रमणमा जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १५:२०

५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ यही सेप्टेम्बर २३ तारिख अर्थात् असोज ७ गतेदेखि अमेरिका भ्रमणमा जाने भएका छन् । यो जानकारी चिनियाँ विदेश मन्त्रालयले सोमबार दिएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति सीको औपचारिक अमेरिका भ्रमण सेप्टेम्बर २३ देखि २५ सम्म (असोज ७ गतेदेखि ९ गतेसम्म) हुने उल्लेख छ ।

उनी समकक्षी ट्रम्पको औपचारिक निमन्त्रणमा अमेरिका जान लागेका हुन् ।

यसअघि गत शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरुले ट्रम्पलाई चिनियाँ राष्ट्रपतिको भ्रमणको मितिबारे सोधेका थिए । त्यसक्रममा ट्रम्पले भनेका थिए– ‘हाम्रो सम्बन्ध राम्रो छ, उहाँ आगामी हप्ता आउनुहुन्छ । हाम्रो बैठक निकै राम्रो हुनेछ ।’

ट्रम्पले अमेरिका र चीनबीच विभिन्न सम्झौताहरु पनि हुने बताएका थिए ।

गत मे महिनामा ट्रम्पले चीन भ्रमण गर्दा उनीहरुबीच बेइजिङमा भेटवार्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?