+
+
Shares

संसदीय विशेष समितिमा दलित सदस्य नपरेपछि संसद्‌मै उठ्यो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १५:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपद्पछि काम गर्ने संसदीय विशेष समितिमा दलित सदस्य नपरेको भन्दै सांसद गणेशबहादुर विश्वकर्माले प्रतिनिधिसभामा प्रश्न उठाए ।
  • सोमबार बसेको प्रतिनिधिसभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरी तीन महिनाको कार्यअवधि तोकेको छ ।
  • समितिको पहिलो बैठकले संयोजक चयन गर्नेछ, र पछि यसको म्याद थप गर्न सकिने प्रावधान राखिएको छ ।

५ असोज, काठमाडौं । विपद्पछि काम गर्नेगरी गठित संसदीय विशेष समितिमा दलित सदस्य नपरेको भनेर संसद्‌मै प्रश्न उठाइएको छ । प्रतिनिधिसभामा बोल्दै सांसद गणेशबहादुर विश्वकर्माले यस्तो विषय उठाएका हुन् ।

‘हामीले भर्खरै एउटा संसदीय विशेष समिति घोषणा गर्‍यौं । एउटा मात्रै प्रतिनिधि पठाउने पार्टी एउटा पठाउँदा समावेशी मिलाउन सकेन भन्ने पर्‍यो होला । तर आठ/आठ जना माननीय पठाउँदा कम्तीमा एक जना दलित पन िहुन्छ त्यसमा भन्ने त हेक्का राख्ने गर्रौं क्या । कि बाध्यकारी बनाऔं,’ उनले भने ।

समानुपातिक निर्वाचन प्रणालीमार्फत आउने समावेशी क्लस्टरलाई ख्याल गरिनुपर्ने उनको आग्रह छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकले विपद्पछि काम गर्ने गरी संसदीय विशेष समिति गठन गरेको हो । १५ सदस्यीय समितिमा सांसदहरू अच्युतम लामिछाने, अनुश्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनन्जय रेग्मी, ध्रुबराज राई, निशा डाँगी, पुष्पाराज कँडेल, मोहन आचार्य, मिङमा ग्याबु शेर्पा, रमेश कुमार मल्ल, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य रहेका छन् ।

समितिले पहिलो बैठकबाट संयोजक छनोट गर्नेछ ।

समितिको कार्यअवधि तीन महिना तय गरिएको छ । पछि समितिको म्याद थप गर्न सकिने प्रावधान पनि राखिएको छ ।

रसुवामा गएको विनाशकारी बाढीपछिको पृष्ठभूमिमा यस्तो समिति गठन गरिएको हो । तर संसदले समिति बनाएर काम गर्दै गर्दा समावेशीतालाई ख्याल नगरिएको भनेर सांसद विश्वकर्माले प्रश्न उठाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?