News Summary
Generated by OK AI. Editorially reviewed.- रोहित अधिकारी र ओएसआर डिजिटलको सहकार्यमा निर्माण हुने अनटाइटल प्रेमकथामा पल शाह र जसिता गुरुङ शीर्ष भूमिकामा देखिने भएका छन्।
- निर्माता रोहित अधिकारीले जसितालाई अनुबन्ध गरिएको र पलसँग मौखिक सहमति भइसकेको तथा औपचारिक अनुबन्ध चाँडै हुने बताएका छन्।
- दीपेन्द्र लामाले निर्देशन गर्ने यो फिल्म करिब ४ करोड रुपैयाँ बजेटमा चैतदेखि छायांकन सुरू गर्ने तयारी छ।
काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री जसिता गुरुङले आगामी फिल्ममा ‘अनस्क्रिन रोमान्स’ गर्ने भएका छन् । रोहित अधिकारी र ओएसआर डिजिटलको सहकार्यमा निर्माण हुन लागेको अनटाइटल प्रेमकथा फिल्ममा यी दुई कलाकारलाई शीर्ष भूमिकामा देख्न पाइने भएको हो ।
निर्माता अधिकारीले जसितालाई फिल्मको शीर्ष भूमिकामा अनुबन्धित गरिएको जानकारी दिए । पलसँग मौखिक सहमति भइसकेको र चाँडै औपचारिक रूपमा अनुबन्ध गर्ने तयारी रहेको उनले बताए ।
फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । निर्माता अधिकारी र निर्देशक लामाले यसअघि पनि केही प्रोजेक्टमा सहकार्य गरिसकेका छन् ।
झन्डै ४ करोड रुपैयाँ बजेटमा निर्माण हुने बताइएको फिल्मको छायांकन चैतदेखि सुरु गर्ने तयारी छ । अहिले प्राविधिक टोली र कलाकारको लाइनअप तय गर्ने काम भइरहेको छ ।
रोहित अधिकारी फिल्म्सले यसअघि अभिनेता अनमोल केसीसँग ‘फर्की फर्की’को सिक्वेलका रूपमा अर्को फिल्म निर्माण गर्ने घोषणा गरिसकेको छ ।
प्रतिक्रिया 4