+
+
Shares

कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी-जावलाखेलमा यात्रु प्रतीक्षालय बेन्च स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कामना सेवा विकास बैंकले कुमारीपाटी–जावलाखेल क्षेत्रमा यात्रु र सर्वसाधारणका लागि ५ वटा प्रतीक्षा–बेन्च स्थापना गरेको छ।
  • बैंकले कुमारीपाटी–जावलाखेल व्यापार संघसँगको सहकार्यमा दैनिक आवतजावत सहज बनाउन बेन्च स्थापना गरेको हो।
  • व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यले यसले यात्रु तथा स्थानीय सर्वसाधारणलाई प्रत्यक्ष सुविधा पुग्ने बताए।

६ असोज, काठमाडौं । कामना सेवा विकास बैंकले ललितपुरको कुमारीपाटी–जावलाखेल क्षेत्रमा यात्रु तथा सर्वसाधारणको सुविधाका लागि ५ वटा प्रतीक्षा–बेन्च स्थापना गरेको छ।

बैंकले कुमारीपाटी–जावलाखेल व्यापार संघसँगको सहकार्यमा सर्वसाधारण तथा यात्रुको दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले उक्त बेन्च स्थापना गरेको हो।

बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी–जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बेन्च स्थापना गरिएको हो।

कार्यक्रममा व्यापार संघका अध्यक्ष शाक्यले सर्वसाधारणको उपयोगमा आउने प्रतीक्षा–बेन्च स्थापना गरेकोमा बैंकलाई धन्यवाद दिए। उनले यसबाट यात्रु तथा स्थानीय सर्वसाधारणलाई प्रत्यक्ष सुविधा पुग्ने बताए।

बैंकका काठमाडौं प्रदेश प्रमुख शर्माले बैंकले सेवाग्राहीसँगै सर्वसाधारणको सुविधा र सहजतालाई समेत प्राथमिकतामा राख्दै विभिन्न सेवामूलक तथा सामाजिक गतिविधिमा सहभागिता जनाउँदै आएको बताए। स्थानीय समुदायको आवश्यकता र सुविधालाई ध्यानमा राखेर यस्ता गतिविधिलाई निरन्तरता दिइने उनले बताए।

कार्यक्रममा बैंकका कर्मचारी तथा कुमारीपाटी–जावलाखेल व्यापार संघका प्रतिनिधिको सहभागिता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?