+
+
Shares

अमेजनले मेटाको म्युज एआई असिस्टेन्टलाई गर्याे ब्लक

अमेजनले मेटालाई पहिले स्वैच्छिक रूपमा आफ्नो प्लेटफर्मलाई म्युजबाट हटाउन अनुरोध गरेको थियो, तर मेटाले अस्वीकार गरेपछि कडा कदम चाल्नुपरेको कम्पनीले बताएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेजनले मेटाको नयाँ व्यक्तिगत एआई असिस्टेन्ट म्युजलाई आफ्नो अनलाइन स्टोरमा किनमेल गर्नबाट रोकेको छ।
  • अमेजनका अनुसार म्युजले वेबसाइट एक्सेस गर्ने जानकारी पहिले नदिएको र आफूलाई एआईको रूपमा नपहिचान गराई क्रेडेन्सियल क्याप्चर गर्ने देखिएको छ।
  • मेटाले भने म्युजले प्रयोगकर्ताका क्रेडेन्सियल सुरक्षित राख्ने र एआई तालिमका लागि डाटा प्रयोग नगर्ने दाबी गरेको छ।

६ असोज, काठमाडौँ । अमेजनले मेटाको नयाँ व्यक्तिगत एआई असिस्टेन्ट म्युजलाई आफ्नो अनलाइन स्टोरमा किनमेल गर्नबाट रोकेको छ।

यो कदम एजेन्टिक सपिङ वा एआई एजेन्टहरू मार्फत अनलाइन खरिद गर्ने प्रविधिलाई लिएर बढ्दो बहसको बीचमा आएको हो।

अमेजनका अनुसार मेटाको म्युजले एमाजनको वेबसाइट एक्सेस लिनेछ भनेर कम्पनीलाई पहिले नै जानकारी गराएको थिएन। साथै, यो एआई एजेन्ट ब्राउजिङ गर्दा आफूलाई एआईको रूपमा पहिचान गराउँदैन । बरु ग्राहकका क्रेडेन्सियलहरू क्याप्चर र भण्डारण गर्ने देखिन्छ, जसले गोपनीयता र सुरक्षा जोखिम सिर्जना गर्न सक्ने अमेजनले जनाएको छ।

सेप्टेम्बर २०, २०२६ रातिदेखि म्युज प्रयोग गरेर अमेजनमा किनमेल गर्न खोज्ने प्रयोगकर्ताहरूले ‘अनधिकृत एआई एजेन्टद्वारा निरन्तर पहुँचले अमेजन प्रयोगका सर्तहरू उल्लंघन गर्छ’ भन्ने सन्देश देख्न थालेका छन्।

अमेजनले मेटालाई पहिले स्वैच्छिक रूपमा आफ्नो प्लेटफर्मलाई म्युजबाट हटाउन अनुरोध गरेको थियो, तर मेटाले अस्वीकार गरेपछि कडा कदम चाल्नुपरेको कम्पनीले बताएको छ।

मेटाले भने आफ्नो एआई एजेन्टले प्रयोगकर्ताका क्रेडेन्सियलहरू सुरक्षित रूपमा रहने र एआई तालिमका लागि डाटा प्रयोग नगर्ने दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?