News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको पाँचौं बैठक ६ असोजदेखि पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।
- अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार बैठकले ८ वटा एजेन्डा तय गरेको छ।
- एजेन्डामा शहीदप्रति श्रद्धाञ्जली, महाधिवेशन, संगठन समायोजन, सदस्यता नवीकरण र भोटेकोशी बाढी पीडितको पुनर्स्थापना तथा पुनर्निर्माण अभियान छन्।
६ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक सुरु भएको छ ।
केन्द्रीय कार्य संयोजन समितिको यो पाँचौं बैठक हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजबाट बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
बैठकले विभिन्न ८ वठा एजेन्डाहरू तय गरेको छ ।
यस्ता छन् बैठकका एजेन्डाहरू–
१. शहीदप्रति श्रद्धाञ्जली
२. संयोजक सहसंयोजक द्वारा वर्तमान राष्ट्रिय परिस्थिति र हाम्रो दायित्वका विषयमा मन्तव्य
३. महाधिवेशन र अधिवेशनहरूबारे
४. सचिवालय र कार्यसमिति बैठक
५. पार्टी र जनवर्गीय संगठनहरूको समायोजन र सदस्यता नवीकरण
६. विशेष संगठन सुदृढीकरण अभियान
७. पार्टीमा समाहित गर्नेबारे
८. विविध
क) भोटेकोशी बाढी पीडितको पुनर्स्थापना र पुनर्निर्माण अभियान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4