+

बंगलादेशका मिस्ट्री स्पीनर मोहम्मद रुबेलले एनपीएल खेल्ने

२०८३ असोज  ६ गते १६:५५ २०८३ असोज ६ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेशका मिस्ट्री स्पिनर मोहम्मद रुबेल नेपाल प्रिमियर लिगमा खेल्ने भएका छन् ।
  • रुबेल कुन फ्रेन्चाइजबाट खेल्ने भन्ने विषय हालसम्म सार्वजनिक गरिएको छैन ।
  • बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम पनि एनपीएल खेल्ने समाचार टी–स्पोर्ट्सले सार्वजनिक गरेको थियो ।

६ असोज, काठमाडौं । बंगलादेशका मिस्ट्री स्पिनर मोहम्मद रुबेल नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

बंगलादेशी खेलकुद समाचार संस्था टी–स्पोर्ट्सले रुबेल एनपीएलमा खेल्ने जनाएको हो । यद्यपी उनी कुन फ्रेन्चाइजबाट खेल्ने भन्ने विषय भने हालसम्म सार्वजनिक गरिएको छैन ।

रुबेलले बंगलादेशको राष्ट्रिय टोलीबाट खेलेका छैन् । यद्यपी उनले टी-२० क्रिकेटमा ११ खेलमा १४ विकेट लिएका छन् ।

उनले अस्ट्रेलियामा भएको टप एन्ड टी-२० सिरिजमा बंगलादेशको हाइ पर्फर्मेन्स टोलीबाट खेलेका थिए ।

यसअघि टी–स्पोर्ट्सले बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम पनि एनपीएल खेल्ने समाचार सार्वजनिक गरेको थियो ।

सामाजिक सञ्जालमा अरिफुल कर्णाली याक्सबाट खेल्ने चर्चा भए पनि त्यसबारे औपचारिक घोषणा हुन बाँकी छ ।

बंगलादेशका स्टार अलराउन्डर शाकिब अल हसन पोखरा एभेन्जर्स तथा अकबर अलीले कर्णाली याक्सबाट खेल्ने यसअघि तय भइसकेको छ ।

एनपीएल २०२६ मोहम्मद रुबेल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय