+

अन्तर्राष्ट्रिय कबड्डी महासंघको सचिवमा अरविन्दकुमार झा निर्वाचित

२०८३ असोज  ६ गते १७:२४ २०८३ असोज ६ गते १७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झा जापानमा सम्पन्न आईकेएफको जनरल एसेम्बलीबाट सचिव पदमा निर्वाचित भएका छन् ।
  • अन्तर्राष्ट्रिय कबड्डी महासंघको सचिवमा नेपाली प्रतिनिधि निर्वाचित हुनुलाई अखिल नेपाल कबड्डी संघले नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धि भनेको छ ।
  • संघ परिवारले झालाई बधाई दिँदै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको छ ।

६ असोज, काठमाडौं । अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झा अन्तर्राष्ट्रिय कबड्डी महासंघ (आईकेएफ) को सचिव पदमा निर्वाचित भएका छन् ।

जापानमा सम्पन्न आईकेएफको जनरल एसेम्बलीबाट झा सचिव पदमा निर्वाचित भएको अखिल नेपाल कबड्डी संघले जनाएको छ ।

झा अन्तर्राष्ट्रिय कबड्डी महासंघको सचिवमा निर्वाचित भएपछि नेपालका खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजर पाउन सहज हुने अपेक्षा गरिएको छ । ‘अन्तर्राष्ट्रिय एक्सपोजरको लागि सहज हुन्छ । कबड्डीको विकासमा सहयोग पुग्छ । अब नेपालमा दुई अन्तर्राष्ट्रिय इभेन्टहरु हुँदैछ । त्यसलाई सहयोग पुग्छ’ सचिवमा निर्वाचित भएका झाले भने ।

नेपालमा हुने दुवै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि एसेम्बलीबाट पारित भएको झाले बताए । नोभेम्बरमा नेपालमा फोर नेसन्स कप र आउने मार्चमा एसियन वुमन्स च्याम्पियनसिप आयोजना हुँदैछ ।

अन्तर्राष्ट्रिय कबड्डी महासंघको सचिवमा नेपाली प्रतिनिधि निर्वाचित हुनुलाई अखिल नेपाल कबड्डी संघले नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ ।

झालाई अखिल नेपाल कबड्डी संघ परिवारले बधाई तथा आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको छ ।

अरविन्द कुमार झा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय