News Summary
Generated by OK AI. Editorially reviewed.- हुन्डाईको अल न्यु भेन्यु भैरहवा, बुटवल र दाङका सोरुममा औपचारिक रूपमा उपलब्ध भएको छ।
- नेपाली बजारमा अल न्यु भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।
- यो एसयूभीमा १०.२५ इन्च सीसीएनसी इन्फोटेन्मेन्ट सिस्टम, ६ वटा एयरब्याग र दुईवटा पेट्रोल इन्जिन विकल्प छन्।
६ असोज, बुटवल । हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी अल न्यु भेन्यु अब भैरहवा, बुटवल र दाङमा पनि औपचारिक रूपमा उपलब्ध भएको छ। यससँगै यी क्षेत्र तथा आसपासका ग्राहकहरूले हुन्डाईको नयाँ पुस्ताको आधुनिक कम्प्याक्ट एसयूभीलाई नजिकबाट अनुभव गर्न पाउने भएका छन्।
अल न्यु भेन्युले आकर्षक डिजाइन, आधुनिक प्रविधि, आरामदायी सुविधा र उत्कृष्ट पर्फर्मेन्सको संयोजन प्रस्तुत गरेको छ। यसको बोल्ड एक्सटेरियर डिजाइनलाई ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल तथा सिग्नेचर सी–पिलर गार्निस जस्ता विशेषताले थप आकर्षक बनाएका छन्।
गाडीको इन्टेरियरमा पनि ग्राहकको सुविधा र प्रविधिलाई प्राथमिकता दिइएको छ। यसमा १०.२५ इन्च सीसीएनसी इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो, डिजिटल क्लस्टर तथा पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफ लगायतका अत्याधुनिक फिचर समावेश छन्।
पर्फर्मेन्सतर्फ अल न्यु भेन्युमा ग्राहकले दुईवटा पेट्रोल इन्जिन विकल्प पाउनेछन्। यसमा कप्पा १.२ लिटर एमपीआई पेट्रोल र कप्पा १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिन उपलब्ध छन्। यी विकल्पहरूले दैनिक यात्राका लागि सहज ड्राइभिङ अनुभवदेखि थप शक्तिशाली टर्बो पर्फर्मेन्ससम्मको सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।
सुरक्षाका हिसाबले पनि अल न्यु भेन्युमा विभिन्न आधुनिक प्रविधि समावेश गरिएको छ। गाडीमा ६ वटा एयरब्याग, एबीएस विथ ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट (भीएसएम) र हिल स्टार्ट असिस्ट कन्ट्रोल (एचएसी) जस्ता सुरक्षा सुविधाहरू उपलब्ध छन्।
नेपाली बजारमा अल न्यु भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यो एसयूभी नेपाली बजारमा तीनवटा भेरियन्टमा उपलब्ध छ। जसमा एचएक्स २ (११९७ सीसी पेट्रोल), एचएक्स ५ प्लस (११९७ सीसी पेट्रोल) र एचएक्स ५ डीसीटी (९९८ सीसी पेट्रोल) रहेका छन्।
ग्राहकको आवश्यकता र रुचिअनुसार विभिन्न भेरियन्ट उपलब्ध गराइएको कम्पनीले जनाएको छ। अल न्यु भेन्यु अब भैरहवा, बुटवल र दाङस्थित हुन्डाई सोरुमहरूमा उपलब्ध भइसकेको छ। ग्राहकहरूले सम्बन्धित सोरुममा पुगेर गाडीको डिजाइन, प्रविधि, इन्टेरियर सुविधा र पर्फर्मेन्सबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।
प्रतिक्रिया 4