+
+
Shares

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, सबैले धारणा राखिसकेपछि सचिवालय बैठक बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते ८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि ललितपुरको भनिमण्डलस्थित पार्टी प्यालेसमा जारी रहने भएको छ।
  • एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार हिजो ११८ केन्द्रीय सदस्यले धारणा राखेका थिए र १६ जना अनुपस्थित रहे।
  • सबै केन्द्रीय सदस्यले बोलिसकेपछि सचिवालय बैठक बस्ने तयारी छ, र त्यो आज वा भोलि हुनसक्ने आचार्यले बताए।

७ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी रहने भएको छ । बैठक आज बिहान ९ बजेदेखि सुरु हुने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

हिजो ११८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । १६ जना केन्द्रीय सदस्यहरु अनुपस्थित रहेका छन् । आज बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने आचार्यले बताए ।

आचार्यका अनुसार केन्द्रीय सदस्यहरुले धारणा राखिसकेपछि सचिवालय बैठक बस्ने तयारी छ । सचिवालय बैठकपछि केन्द्रीय कमिटी बैठक सम्पन्न हुने आचार्यले बताए ।

एमाले केन्द्रीय कमिटी बैठक ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा असोज ५ गतेदेखि सुरु भएको थियो । पूर्वनिर्धारित कार्यतालिका अनुसार असोज ७ गते बैठक सम्पन्न गर्ने भनिएको थियो ।

‘सबै केन्द्रीय सदस्यहरुले बोलिसकेपछि मात्र सचिवालय बैठक बस्नेछ । त्यसैले सचिवालय बैठक आज पनि हुनसक्छ, भोलिलाई पनि सर्न सक्छ,’ आचार्यले भने, ‘यदि भोलि सचिवालय बैठक भयो भने केन्द्रीय कमिटी बैठक एक दिन लम्बिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?