News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औं महासभाका क्रममा भेटवार्ता भएको छ ।
- खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले देखाएको ऐक्यबद्धता र सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन् ।
- उनीहरूले नेपाल–भारत सम्बन्धका विविध पक्ष र द्विपक्षीय सहकार्यलाई अघि बढाउने विषयमा विचार आदानप्रदान गरेका थिए ।
७ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएकाे छ ।
संयुक्त राष्ट्रसंघको ८१औं महासभाका अवसरमा न्यूयोर्कमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्त्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा उनीहरूले विचार आदानप्रदान गरेका थिए ।
उनीहरूले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सहकार्यलाई अघि बढाउने विषयमा जोड दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4