+
+
Shares

संसद्‍मा ७ दिनमा १० विधेयक

सरकारले पछिल्लो सात दिनमा विभिन्न १० वटा विधेयक संघीय संसद्‍मा दर्ता गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १०:०९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले पछिल्लो सात दिनमा संघीय संसद्‌मा १० वटा विधेयक दर्ता गरेको छ ।
  • मंगलबार मात्रै रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, केही नेपाल ऐन र महिला, बालबालिका तथा सामाजिक सुरक्षा सम्बन्धी तीन विधेयक दर्ता भए ।
  • मन्त्री सोबिता गौतमले यस वर्ष १६६ वटा कानून बनाउने लक्ष्य रहेको र ४० भन्दा बढी दर्ता भइसकेको बताइन् ।

७ असोज, काठमाडौं । सरकारले पछिल्लो सात दिनमा विभिन्न १० वटा विधेयक संघीय संसद्‍मा दर्ता गरेको छ ।

मंगलबार मात्रै तीन वटा विधेयक दर्ता भए । जसमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्‍ठान विधेयक, केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक र महिला, बालबालिका, लैङ्‍गिक तथा यौनिक अल्पसङ्‍ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक रहेको छ ।

यस अगाडि ५ असोजमा पाँच वटा विधेयक दर्ता भएको थियो ।

जसमा डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, राष्ट्रिय प्रतिरक्षा विश्‍वविद्यालय विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक रहेको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, र आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्‍त्रण) (पहिलो संशोधन) विधेयक पनि दर्ता भएको छ ।

२ असोजमा नि:शुल्क कानुनी सहायता सम्बन्धी विधेयक असोज १ गते फोहोरमैला व्यवस्थापन विधेयक दर्ता भएको थियो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमका अनुसार सरकार कानुन निर्माणको प्रक्रियालाई गति दिने गरी अगाडि बढिरहेको छ ।

मंगलबार प्रतिनिधिसभाको बैडकमा ‘राष्ट्रिय क्षेत्राधिकार बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोगसम्बन्धी (बीबीएनजे) सम्झौता’माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रमा उनले यस्तो बताएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘यस वर्ष हामी १६६ वटा कानून बनाउने लक्ष्यमा छौं र अहिलेसम्म ४० भन्दा बढी दर्ता भइसकेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?