+
+
Shares

एमाले केन्द्रीय कमिटी बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि ललितपुरको भनिमण्डलस्थित पार्टी प्यालेसमा जारी छ ।
  • पार्टीले धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुको भनाइ सुनिरहेको छ र हिजो ११८ सदस्यले धारणा राखेका थिए ।
  • १६ जना केन्द्रीय सदस्य अनुपस्थित छन् र सबैले बोलेपछि सचिवालय बैठक बसेर केन्द्रीय कमिटी बैठक सकिने एमालेले जनाएको छ ।

७ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक जारी छ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार ललितपुरको एक पार्टी प्यालेसमा जारी बैठकमा धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।

हिजो ११८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । १६ जना केन्द्रीय सदस्यहरु अनुपस्थित रहेका छन् ।

आचार्यका अनुसार केन्द्रीय सदस्यहरुले धारणा राखिसकेपछि सचिवालय बैठक बस्ने तयारी छ । सचिवालय बैठकपछि केन्द्रीय कमिटी बैठक सम्पन्न हुने आचार्यले बताए ।

एमाले केन्द्रीय कमिटी बैठक ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा असोज ५ गतेदेखि सुरु भएको थियो । पूर्वनिर्धारित कार्यतालिका अनुसार असोज ७ गते बैठक सम्पन्न गर्ने भनिएको थियो ।

‘सबै केन्द्रीय सदस्यहरुले बोलिसकेपछि मात्र सचिवालय बैठक बस्नेछ । त्यसैले सचिवालय बैठक आज पनि हुनसक्छ, भोलिलाई पनि सर्न सक्छ,’ आचार्यले भने, ‘यदि भोलि सचिवालय बैठक भयो भने केन्द्रीय कमिटी बैठक एक दिन लम्बिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?