+
+
Shares

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १०:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विद्यमान कार्यभार र कार्यतालिका सम्बन्धमा छलफल हुँदैछ।
  • सभामुखले प्रधानमन्त्रीको कार्यभार सम्बन्धी राष्ट्रपति कार्यालयको पत्रको बेहोरा आजको प्रतिनिधिसभा बैठकमा पढेर सुनाउने कार्यक्रम छ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोष र भुक्तानी तथा फस्यौंटसम्बन्धी संशोधन विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

७ असोज, काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।

केहीबेरपछि सुरु हुने बैठकमा ‘विद्यमान कार्यभार र कार्यतालिका सम्बन्धमा’ छलफल गर्ने भनिएको छ ।

प्रतिनिधिसभाले आफ्नो संसदीय क्यालेन्डर बनाएको छ । त्यसमा हेरफेर गर्नेबारे छलफल गर्न लागिएको हो ।

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यक्रम छ ।

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका छन् । कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पाएका छन् ।

यसका साथै आजको बैठकमा पुर्वाधार विकास मन्त्री सुनिल लम्सालले  फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलेले नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

अर्थमन्त्री वाग्लेलेले नै भुक्तानी तथा फस्यौंट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?