+
+
Shares

आन्दोलनरत पत्रकार महासंघसँग संवाद गर्न सरकारलाई रास्वपा सांसद्को सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १२:०७

७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद पन्तले नेपाल पत्रकार महासंघ लगायतका सञ्चार सम्बद्ध संस्थाहरू, सरकारका पछिल्ला निर्णयहरूप्रति असहमति जनाउँदै आन्दोलित भएको विषय संसद्मा उठाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले भने, ‘यसरी मुलुकको चौथो अंगका रूपमा रहेका पत्रकार मित्रहरू आफ्ना पेसागत हकहित र मागहरू लिएर सडकमै उत्रिनुपर्ने परिस्थितिको सिर्जना हुनु दु:खद् विषय हो ।’

विशेष गरी सरकारले स्वरोजगारमूलक र साना लगानीका सञ्चार माध्यमहरूलाई राहत स्वरुप दिदै आएको लोककल्याणकारी विज्ञापनको रकममा कटौती गरेको विषय र राष्ट्रिय समाचार समितिले अन्य आमसञ्चार माध्यमहरूकालाई उपलब्ध गराउँदै आएको समाचारको शुल्कमा अस्वाभाविक वृद्धि गरेको विषयमा उनलेलसरकारको ध्यानाकर्षण गरे ।

‘सरकारी विज्ञापनको वितरणमा निजी सञ्चार माध्यम एवम् सामुदायिक रेडियोहरुलाई न्यायोचित रूपमा समावेश नगरिएको विषयले समग्र सञ्चार क्षेत्रलाई गम्भीर असर पुरर्‍याएको छ’ उनले भने ।

राज्यका यस्ता नीति तथा निर्णयहरूले लोकतन्त्रको मेरुदण्डका रूपमा रहेका स्वतन्त्र सञ्चार माध्यमलाई सबल बनाउनुको सट्टा झन संकटमा पारेको भन्दै नेपाल पत्रकार महासंघ आन्दोललित छ । उनले भने, ‘नेपाल पत्रकार महासंघ लगायत ति संस्थाहरूसँग अविलम्ब संवाद गरी उहाँहरुको जायज मागहरू यथा शीघ्र सम्बोधन गर्न म सम्माननिय सभामुखज्यु मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?