+
+
Shares

सेयर बजारका सबै सूचक घटे, कारोबार खस्कियो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३६.२५ अंक घटेर २६१८ अंकमा कायम भयो ।
  • कारोबार रकम अघिल्लो दिनको ७ अर्ब ४ करोडबाट घटेर ६ अर्ब ३५ करोडमा सीमित भयो ।
  • जीवन बीमा समूह २.०४ प्रतिशतले घट्दा २३ कम्पनीको मूल्य बढ्यो भने २५३ को घट्यो ।

७ असोज, काठमाडौं । बुधबार सेयर बजारका सबै सूचक घटेका छन् । परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३६. २५ अंक (१.३६ प्रतिशत) घटेको छ । यो कमीपछि नेप्से परिसूचक २६१८ अंकमा कायम भएको छ ।

कारोबार रकम पनि खस्किएको छ । अघिल्लो दिन ७ अर्ब ४ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३५ करोडको भयो । जीवन बीमा समूह सबैभन्दा धेरै २.०४ प्रतिशत घट्यो ।

त्यस्तै बैंकिङ १.२२, विकास बैंक १.३६, फाइनान्स १.०९, होटल तथा पर्यटन ०.९८, जलविद्युत् १.६६, लगानी १.४९, उत्पादन तथा प्रशोधन ०.४५, माइक्रोफाइनान्स १.३१ प्रतिशत घटे । निर्जीवन बीमा १.३२, अन्य १.६५ र व्यापार १.२६ प्रतिशत घटे ।

आज जम्मा २३ कम्पनीको मूल्य बढ्दा २५३ को घटेको छ । २ कम्पनीको मूल्य स्थिर रह्यो ।

धौलागिरि लघुवित्तको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै सीवाईसी लघुवित्तको ५.४४, विकास हाइड्रोपावरको ३.५४, बोटलर्स नेपाल बालाजुको ३, मिडसोलु हाइड्रोपावरको २.६४ प्रतिशत मूल्य बढ्यो ।

फर्स्ट माइक्रोफाइनान्सको ८.५४, माउन्ट एभरेस्ट पावरको ५.७२, इङवा हाइड्रोपावरको ५.२२, पियोर इनर्जीको ४.७९ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन डिस्टिलरी, लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत् तथा घलेम्दी हाइड्रोपावर क्रमश अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?