+
+
Shares

डोल्पाको त्रिपुरासुन्दरी मन्दिरमा भेटी चोरीको आरोपमा एकजना पक्राउ

पूर्ण सार्की पूर्ण सार्की
२०८३ असोज ७ गते १५:२५

७ असोज, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित बाला त्रिपुरासुन्दरी मन्दिरबाट भेटी चोरी भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

शनिबार मन्दिरको मुख्य पूजास्थलमा राखिएको भेटी रकम चोरी भएको थियो । सोही घटनाको अनुसन्धानका क्रममा प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ३७ वर्षीय जयानन्द उपाध्यायलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार उपाध्यायलाई मंगलबार सदरमुकाम दुनैबाट पक्राउ गरिएको हो । उनलाई बुधबार जिल्ला अदालत डोल्पामा पेस गरेर सात दिनको हिरासत म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक पदम रावलले जानकारी दिए ।

शनिबार बाला त्रिपुरासुन्दरी मन्दिरको मुख्य पूजास्थलमा राखिएको ५५ हजार ८० रुपैयाँ नगद चोरी भएको घटना सार्वजनिक भएको थियो ।

फरक ठाउँमा रकम फेला

अनुसन्धान जारी रहँदा सोमबार साँझ मन्दिरको पश्चिमतर्फ रहेको टिमुरको रूखमा ५५ हजार रुपैयाँ फेला परेको थियो । उक्त रकम हराएको भेटी भन्दै श्री बाला त्रिपुरासुन्दरी शुशंकादरी योगिनी उद्यान पीठले विज्ञप्तिमार्फत जानकारी गराएको थियो । पीठका अनुसार खोजतलासका क्रममा उक्त रकम फेला परेको हो ।

फेला परेको रकम मन्दिर सुरक्षा पोस्टका इन्चार्ज प्रहरी हबलदार इन्द्रबहादुर जिसीले पुजारी रामप्रसाद उपाध्यायलाई हस्तान्तरण गरेका थिए ।

फेरि मंगलबार दिउँसो पुन: मन्दिर परिसरमै करिब ५४ हजार रुपैयाँ फेला परेको खबर सार्वजनिक भयो । सो रकम पनि मन्दिरकै भएको भन्दै पुजारीले सार्वजनिक गरेका थिए ।

एउटै चोरी घटनामा हराएको भनिएको रकम दुई फरक–फरक स्थानबाट भेटिनुले घटनामा थप प्रश्न उठाएको छ ।

प्रहरीका अनुसार दुवै रकमको मुचुल्का उठाइएको छ । र, अनुत्तरित प्रश्नबारे अनुसन्धान चलिरहेको छ ।

लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?