+
एनपीएल २०२६ :

डार्शी शर्टले लुम्बिनी लायन्सबाटै खेल्ने

२०८३ असोज  ७ गते १७:०६ २०८३ असोज ७ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाका बाँयाहाते ओपनिङ ब्याटर डार्शी शर्ट एनपीएल २०२६ मा पनि लुम्बिनी लायन्सबाटै खेल्ने भएका छन् ।
  • लुम्बिनीले सामाजिक सञ्जालमार्फत शर्ट अनुबन्ध गरेको जानकारी दिएको हो ।
  • शर्टले अस्ट्रेलियाको सिनियर टोलीबाट २३ टी-२०आई खेलमा ६४२ रन बनाएका छन् ।

७ असोज, काठमाडौं । अस्ट्रेलियाका बाँयाहाते ओपनिङ ब्याटर डार्शी शर्ट नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा पनि लुम्बिनी लायन्सबाटै खेल्ने भएका छन् ।

लुम्बिनीले सामाजिक सञ्जालमार्फत शर्ट अनुबन्ध गरेको जानकारी दिएको हो । उनले गत संस्करणमा लुम्बिनीको उपाधि यात्रामा पूरा सिजन खेलेका थिए ।

शर्टले पावरप्लेमा खेल पल्टाउने क्षमता राख्छन् । उनले अस्ट्रेलियाको सिनियर टोलीबाट पनि टी-२०आई खेलिसकेका छन् । उनले २३ टी-२०आई खेलमा ६४२ रन बनाएका छन् ।

त्यस्तै समग्र टी-२०मा उनले १९७ खेलमा ५९१५ रन बनाएका छन् । बिग ब्यासमा एडिलेड स्ट्राइकर्सबाट २ सिजन खेलेका उनी होबार्ट हुरिकेन्सबाट ७ सिजन खेल्दा सबैभन्दा सफल होबार्टमै रहे ।

सन् २०१८ र २०१९ को सिजनमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

डार्शी शर्ट लुम्बिनी लायन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय