News Summary
Generated by OK AI. Editorially reviewed.- फ्लाइ दुबईले ७ असोजमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गरेको छ।
- दुबईबाट ११३ यात्रु बोकेर आएको फ्लाइ दुबईको जहाज पोखरामा अवतरण गरी फर्किँदा १५३ यात्रु लैजानेछ।
- विमानस्थलमा पानीका फोहोराले जहाजको स्वागत गरियो र पोखरेलीले यात्रुहरूको पनि स्वागत गरे।
७ असोज, पोखरा । फ्लाइ दुबईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गरेको छ। आज दुबईबाट ११३ जना यात्रु बोकेर फ्लाइ दुबईको जहाज पोखरामा अवतरण भएको हो।
उक्त जहाजले फर्किँदा १५३ जना यात्रु बोकेर जानेछ। विमास्थलमा पानीका फोहोराले विमानको स्वागत गरियो। त्यस्तै पोखरेलीले यात्रुहरूको पनि स्वागत गरे। यात्रुका आफन्त पनि स्वागतका लागि विमानस्थलमा पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4