+

आईपीएल २०२७ को मिनी अक्सन डिसेम्बरमा गोवामा हुने

२०८३ असोज  ७ गते २०:३९ २०८३ असोज ७ गते २०:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईपीएल २०२७ को मिनी अक्सन डिसेम्बरमा भारतको गोवामा हुने बीसीसीआईले पुष्टि गरेको छ।
  • यो २०२३–२७ चक्रअन्तर्गतको अन्तिम मिनी अक्सन हुनेछ र फ्रेन्चाइजहरूको आग्रहपछि अक्सन भारतमै फर्काइएको हो।
  • आईपीएल २०२७ सिजन मार्चको अन्त्यतिर सुरु हुने अपेक्षा छ, तर आधिकारिक खेल तालिका अझै सार्वजनिक भएको छैन।

७ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को मिनी अक्सन भारतको गोवामा डिसेम्बरमा हुने भएको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव देवजित सकियाले बुधबार अक्सन गोवामा आयोजना हुने पुष्टि गरेको समाचार संस्था क्रिकइन्फोले जनाएको छ । यो २०२३–२७ चक्रअन्तर्गतको अन्तिम मिनी अक्सन हुनेछ ।

पछिल्ला तीन संस्करणका अक्सन क्रमशः दुबई, जेद्दाह र अबुधाबीमा आयोजना गरिए पनि यसपटक फ्रेन्चाइजहरूको आग्रहपछि बीसीसीआईले अक्सन भारतमै फर्काउने निर्णय गरेको हो ।

आईपीएल २०२७ सिजन मार्चको अन्त्यतिर सुरु हुने अपेक्षा गरिएको छ । यसअघि बीसीसीआईले प्रतियोगिता मार्च १४ देखि मे ३० सम्मको विन्डोमा आयोजना गर्ने जनाएको थियो भने आधिकारिक खेल तालिका भने सार्वजनिक भएको छैन ।

अक्सनअघि नै केही चर्चित खेलाडीको टोली परिवर्तन भइसकेको छ । ऋषभ पन्त दिल्ली क्यापिटल्समा फर्किएका छन् भने कुलदीप यादव लखनउ सुपर जायन्ट्समा आबद्ध भएका छन् ।

यस्तै चेन्नई सुपर किङ्सले जहीर खानलाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।

आईपीएल २०२७ आईपीएल अक्सन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय