फाइल तस्वीर
८ असोज, विराटनगर। जिल्ला प्रशासन कार्यालय इलामले आज बिहीबार बेलुका ७ बजेदेखि मेची राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ ।
जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएपछि प्रशासनले चार दिनका लागि रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो ।
गत वर्षको बाढी र पहिरोका कारण इलाम जिल्लाका मेची राजमार्गसहित अन्य भित्री सडक जीर्ण भएका थिए । जिल्ला प्रशासन कार्यालय, इलामले रातको समयमा सवारी सञ्चालन गर्न जोखिमपूर्ण हुने भन्दै आज बेलुकादेखि असोज ११ गते बिहानसम्म हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मेची राजमार्ग, मेची करिडोरलगायत सडकमा सवारी आवागमनमा रोक लगाएको हो ।
अत्यावश्यक परेमा नजिकको प्रहरीको सहयोग लिएर मात्र यात्रा गर्न प्रशासनको अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4