News Summary
Generated by OK AI. Editorially reviewed.- महिला कबड्डीमा नेपालले श्रीलंकालाई ३४–२५ ले हराउँदै २०औं एसियन गेम्सको सेमिफाइनलमा प्रवेश गरेको छ।
- समूह ‘बी’ बाट नेपाल र चाइनीज ताइपेइ सेमिफाइनल पुगेका छन्, र नेपालले महिला कबड्डीमा पदक जित्ने निश्चित भएको छ।
- नेपालले फाइनल प्रवेशका लागि शुक्रबार खेल्नेछ, र १९औं एसियन गेम्समा महिला कबड्डीमा कास्य पदक जितेको थियो।
८ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।
जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफमा १९-१३ को जित निकालेको नेपाल दोस्रो हाफमा १५-१२ ले अघि रहँदै समग्रमा ३४-२५ ले विजयी भएको हो ।
यसअघि थाइल्यान्डलाई हराएको नेपाल चाइनिज ताइपेइसँग पराजित भएको थियो । समूह ‘बी’ बाट नेपाल र चाइनीज ताइपेइ सेमिफाइनल प्रवेश गरेका हुन् ।
सेमिफाइनलमा पुगेसँगै नेपालले महिला कबड्डीमा पदक जित्ने निश्चित भएको छ । अब नेपालले फाइनल प्रवेशका लागि शुक्रबार खेल्नेछ ।
१९औं एसियन गेम्समा नेपाली टोली महिला कबड्डीमा कांस्य पदक जितेको थियो ।
प्रतिक्रिया 4