+
+
Shares

ओलीको प्रतिवेदन एकरूपतामा बुझेर तलसम्म पुर्‍याउने एमाले सचिवालयको निर्णय

‘हिजोको अध्यक्षको प्रतिवेदनले नयाँ कुरा दिएको छ । एउटा एकताको भाव पैदा गरेको छ,’ भट्टले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १५:०६

८ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय समिति बैठकबाट पारित अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन एकरूपताका साथ बुझेर कार्यकर्तास्तरसम्म लैजाने निर्णय गरेको छ । बिहीबार केन्द्रीय समिति बैठकअघि बसेको सचिवालय बैठकले यो निर्णय लिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

‘हिजोको अध्यक्षको प्रतिवेदनले नयाँ कुरा दिएको छ । एउटा एकताको भाव पैदा गरेको छ,’ भट्टले भने, ‘त्यसलाई अब हामीले तलसम्म कसरी सम्प्रेषण गर्छौं । त्यस कुरालाई विशेष जोड दिइयो । त्यो प्रतिवेदनलाई एकरूपमा बुझ्ने, अध्ययन गर्ने र तल सम्प्रेषण गर्ने ।’

यस्तै, सचिवालयले एकताबाट आएका र पार्टी प्रवेश गरेका केही नेताहरूलाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय गरेको उनले बताए । केन्द्रीय समितिबाट निर्णय भएपछि ती नाम सार्वजनिक गर्ने नेता भट्टले जानकारी दिए ।

‘स्थायी समितिको पनि केही टुंगो लागेको छ, त्यो केन्द्रीय समितिबाट निर्णय भएपछि नाम सार्वजनिक हुन्छ,’ उनले भने ।

यस्तै, केन्द्रीय समितिमा सचिवालयले अग्राधिकार लिएर बाँकी केही निर्णय गर्ने निर्णय भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?