News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसकी सांसद गंगालक्षी अवालले भक्तपुर नगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै उठाएर अर्गानिक मल बनाइ आम्दानी गरिरहेको बताइन्।
- प्रतिनिधिसभामा फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयकमाथि छलफलमा उनले भक्तपुरको अभ्यास हेरेर अन्य ठाउँमा पनि फोहोर व्यवस्थापन गर्न सरकारलाई आग्रह गरिन्।
- प्रस्तावित विधेयकमा चक्रीय अर्थतन्त्र र चक्रीय प्रयोगको परिभाषा राखी फोहोरको पुनः प्रयोग गर्ने उद्देश्य लिइएको छ।
८ असोज, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गंगालक्षी अवालले भक्तपुर नगरपालिकाले फोहोरलाई मोहोर बनाइरहेको बताएकी छन् । यसबाट सिकेर अन्य ठाउँमा पनि फोहोर व्यवस्थापन र त्यसबाट आम्दानी गर्न सकिने उनको आग्रह छ ।
प्रतिनिधिसभामा फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् ।
‘भक्तपुर नगरपालिकामा कुहिने, नकुहिने फोहोर छुट्टाछुट्टै उठाउँछ । छुट्टाछुट्टै गाडीमा उठाउँछ । र त्यसको अर्गानिक मल बनाएर भक्तपुर नगरपालिकाले मोहर बनाइरहेको छ । इनकम गरिारखेको छ’ उनले सरकारलाई भनिन्, ‘एकपटक भक्तपुर नगरपालिकामा गएर यो हेर्नुभयो भने राम्रै होला ।’
संघीय सरकारले पनि फोहोरबाट आम्दानी गर्ने उदेश्य राखेर विधेयक ल्याएको छ ।
प्रस्तावित विधेयकको दफा २ म ‘चक्रीय अर्थतन्त्र’ को परिभाषा छ । जहाँ भनिएको चक्रीय अर्थतन्त्र भन्नाले स्रोत र सामग्रीलाई लामो समयसम्म प्रयोग, पुनःप्रयोग, पुनःउत्पादन तथा मर्मत गरी फोहोर र अवयवलाई न्यूनतम उत्सर्जन हुने अवस्था निर्माण गर्ने आर्थिक प्रणाली सम्झनुपर्छ ।’
‘चक्रीय प्रयोग’ भन्नाले संकलित फोहोरमैलालाई कुनै प्रविधि प्रयोग गरी कच्चा पदार्थमा र उपयोगी वस्तुको रूपमा विकास गरी पुनःप्रयोगमा ल्याउने कार्य सम्झनुपर्छ भन्ने अर्को परिभाषा छ ।
अर्थात्, सरकारले फोहोरको पुनः प्रयोग गर्ने उदेश्यसहित नयाँ विधेयक ल्याएको हो । यसबारे नेपालभित्रै रहेका सकारात्मक अभ्यास हेर्न र अन्य अन्तराष्ट्रिय अनुभव समेतका आधारमा फोहोरको व्यवस्थापन गर्न सरकारलाई सांसद अवालको सुझाव छ ।
प्रतिक्रिया 4