+
+
Shares

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

भीरकोट नगरपालिका–३ बजादीमा विवाह भोज खाएर बयरघारीतर्फ आउँदै गरेको ग १ ज ७६१० नम्बरको जिपको स्टेयरिङ लक भएपछि घुम्तीमा मोडिन नसक्दा सडकबाट करिब २० मिटर तल खसेको हो ।

रामबहादुर रोकाहा रामबहादुर रोकाहा
२०८३ असोज ८ गते १८:५२

८ असोज, स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका–१ करुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका पुतलीबजार नगरपालिका–१० का ७६ वर्षीय उत्तमसिंह गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ भीरकोट नगरपालिका–३ बजादीमा विवाह भोज खाएर बयरघारीतर्फ आउँदै गरेको ग १ ज ७६१० नम्बरको जिपको स्टेयरिङ लक भएपछि घुम्तीमा मोडिन नसक्दा सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।

घाइते हुनेहरूमा पोखरा महानगरपालिका–८ की ३२ वर्षीया सारा गुरुङ, बिरुवा गाउँपालिका–२ का ६३ वर्षीय खड्क गुरुङ, पुतलीबजार नगरपालिका–१२ का ५१ वर्षीय रुमबहादुर गुरुङ, बिरुवा–२ की ४९ वर्षीया कृष्णमाया गुरुङ, बिरुवा–७ की ५५ वर्षीया केशमाया गुरुङको रहेका छन् ।

त्यस्तै, बिरुवा–२ का ६० वर्षीय यमबहादुर गुरुङ, ५३ वर्षीय मनबहादुर गुरुङ, पुतलीबजार–१० का ८० वर्षीय पदमबहादुर गुरुङ, नवलपरासी घर भई हाल भीरकोट नगरपालिका–२ दहथुम बस्ने ४३ वर्षीया रसमाया गुरुङ र भीरकोट नगरपालिका–३ बजादीकी ४९ वर्षीया तेजकुमारी गुरुङ रहेका छन् ।

जिप चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

लेखक
रामबहादुर रोकाहा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?