+

ब्याडमिन्टन मिक्स डबल्समा प्रफुल–रशिला तथा क्षितिज–रिहाना पहिलो चरणबाटै बाहिरिए

२०८३ असोज  ९ गते ८:१६ २०८३ असोज ९ गते ८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा जारी २०औं एसियाली खेलकुदको ब्याडमिन्टन मिक्स डबल्समा नेपालका दुवै जोडी पहिलो चरणबाटै बाहिरिएका छन्।
  • प्रफुल महर्जन र रशिला महर्जनको जोडी चाइनिज ताइपेइका ये होङ–वेई र चान निकोल गोन्जालेससँग २–० को सोझो सेटमा पराजित भयो।
  • क्षितिज खनाल र रिहाना शेर्चनको जोडी दक्षिण कोरियाका जेओङ नाएउन र जो सोङ ह्युनसँग २–० ले पराजित भयो।

९ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको मिक्तस डबल्समा नेपालका दुवै जोडी पहिलो चरणबाटै बाहिरिएका छन् ।

इचिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा शुक्रबार भएको खेलमा प्रफुल महर्जन र रशिला महर्जनको जोडी चाइनिज ताइपेइका ये होङ–वेई र चान निकोल गोन्जालेससँग २–० को सोझो सेटमा पराजित भयो ।

नेपाली जोडीले पहिलो सेट १४–२१ र दोस्रो सेट ९–२१ ले गुमायो ।

यस्तै, अर्को खेलमा क्षितिज खनाल र रिहाना शेर्चनको जोडी दक्षिण कोरियाका जेओङ नाएउन र जो सोङ ह्युनसँग २–० ले पराजित भयो ।

दक्षिण कोरियाली जोडीले खेल २१–५ र २१–६ ले आफ्नो पक्षमा पार्दै अर्को चरणमा स्थान बनायो ।

यससँगै ब्याडमिन्टनको मिक्स डबल्समा नेपालका दुवै जोडी पहिलो चरणबाटै बाहिरिएका छन् ।

२०औं एसियन गेम्स एसियन गेम्स ब्याडमिन्टन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय