+
+
Shares

पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो

डीएसपी दाहालका अनुसार पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते ८:३९
कृष्णभिरमा खसेको पहिरो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षाका कारण धादिङका पृथ्वी राजमार्गका सात स्थानमा पहिरो खसेको छ ।
  • कृष्णभिर र तिगराङ खोलामा सडक दुईतर्फी अवरुद्ध छ भने अन्य स्थानमा एकतर्फी सञ्चालन भइरहेको छ ।
  • डीएसपी प्रकाश दाहालले कृष्णभिरमा दुई उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको बताए ।

९ असोज, काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेको छ ।

सात ठाउँमध्ये दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य ठाउँमा राजमार्ग एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं डीएसपी प्रकाश दाहालले बताए ।

डीएसपी दाहालका अनुसार पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको छ ।

दाहालले अनलाइनखबरसँग भने, ‘पृथ्वी राजमार्गका विभिन्न सात ठाउँमा पहिरो खसेको छ । जसमध्ये कृष्णभिर र तिगराङ खोलामा सडक दुईतर्फी अवरुद्ध छ ।’

कृष्णभिरमा दुई वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भए पनि अन्य स्थानमा वर्षाका कारण र पहिरो निरन्तर खसिरहेका कारण पन्छाउन समस्या भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?