News Summary
Generated by OK AI. Editorially reviewed.- लगातार वर्षाका कारण काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-५ स्थित सल्ले प्रहरी चौकी पहिरोको जोखिममा परेको छ।
- अविरल वर्षापछि चौकीको अगाडिको भाग पहिरोले बगाएको र भवनलाई तत्काल त्रिपालले छोपिएको छ।
- जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले थप क्षति हुन नदिन सुरक्षाका उपाय अपनाइएको बताए।
९ असोज, काभ्रेपलाञ्चोक । लगातारको वर्षाका कारण काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-५ मा रहेको सल्ले प्रहरी चौकी पहिरोको जोखिममा परेको छ ।
अविरल वर्षापछि चौकीको अगाडिको भागमा पहिरो गएकोले चौकी भवन जोखिममा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टले जानकारी दिए ।
उनका अनुसार चौकीको अगाडिको भाग पहिरोले बगाएको छ ।
पहिरो खसेपछि प्रहरी चौकी भवनलाई तत्काल त्रिपालले छोपेर राखिएको छ ।
पहिरोका कारण भवनको अगाडितर्फको भागमा जोखिम बढेपछि थप क्षति हुन नदिन सुरक्षाका अन्य उपायहरू अपनाइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4