+
२०औं एसियन गेम्स :

एसियन गेम्स पुरुष क्रिकेट : नेपाल टस हारेर बलिङमा

२०८३ असोज  ९ गते १०:२२ २०८३ असोज ९ गते १०:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो खेलमा नेपालले अफगानिस्तानविरुद्ध टस हारेको छ।
  • अफगानिस्तानले कोरोगी स्पोर्ट्स पार्कमा पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
  • नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ।

९ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तान विरुद्ध टस हारेको छ ।

जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा पौने ११ बजेदेखि सुरु हुने खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको हो ।

नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ । बिहीबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई हराइसकेको छ ।

समूहबाट शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । क्वाटरफाइनलमा पुगे नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीको सामना गर्ने छ ।

यसअघिको एसियन गेम्समा पनि नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो ।

नेपालको प्लेइङ ११ : दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, लोकेश बम, सन्दीप जोरा, कुशल मल्ल, गुल्शन झा, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी

२०औं एसियन गेम्स एसियन गेम्स पुरुष क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय