+
+
Shares

काठमाडौंका नदी किनारमा यात्रा गर्न रोक

ललितपुरको च्यासलमा अवस्थित पुल बाढीले छोएको छ । बाढीले पुल छोएपछि ट्राफिक प्रहरीले पुलबाट आउजाउ गर्न रोक लगाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते ११:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकाका नदीमा जलसतह बढेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न माइकिङ गर्दै आह्वान गरेको छ ।
  • ललितपुरको च्यासलमा बाढीले पुल छोएपछि जोखिमयुक्त स्थानमा प्रहरी खटाइएको र किनारका सडकमा पार्किङ गरिएका सवारी हटाउन भनिएको छ ।
  • बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले वर्षा भइरहेको र भोलिबाट बागमतीदेखि पश्चिमतर्फ बढी पानी पर्ने सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

९ असोज, काठमाडौं । काठमाडौं उपत्यकाभित्रका नदीमा बाढीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आह्वान गरेको छ ।

ललितपुरको च्यासलमा अवस्थित पुल बाढीले छोएको छ । बाढीले पुल छोएपछि ट्राफिक प्रहरीले पुलबाट आउजाउ गर्न रोक लगाएको छ ।

उपत्यकाभित्रका नदीहरूमा बाढीको सहत बढेपछ प्रहरीले माइकिङ गर्दै करिडोरमा यात्रा नगर्न आह्वान समेत गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता नरेशराज सुवेदीले भने, ‘काठमाडौंका खोला–नदीहरूमा जलसतह बढेपछि तटीय क्षेत्रहरूमा पनि निगरानी बढाइएको छ । करिडोरमा यात्रा नगर्न भन्दै माइकिङ गरिएको छ ।’  

उनले खोला तथा नदी किनारका सडकमा पार्किङ गरिएका सडकहरूलाई पनि हटाउन भनिएको जानकारी दिए । च्यासल पुल लगायतका जोखिमयुक्त स्थानमा प्रहरीहरू पनि खटाइएको उनले बताए ।

नेपाल मौसम विज्ञान विभागका मौसमविदहरुका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा वर्षा भइरहेको छ । यो प्रणाली पूर्वबाट क्रमश: पश्चिमतिर सर्दै गएको छ । त्यसैले भोलिबाट पूर्वको तुलनामा बागमतीदेखि पश्चिमतर्फका जिल्लामा बढी पानी पर्ने सम्भावना रहेको मौसमविद रोजन लामिछानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?